पोखरा २८ श्रावण । पोखरा लेखनाथ वडा नं ४ स्थित सर्वेश्वर मार्गमा रहेका सर्वेश्वर व्यवसायी समितिको तेश्रो अधिवेशन तथा छैटौं साधारणसभा शनिबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै ४ नंबर प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीव बहादुर कोईरालाले व्यवसायिक एकतामा जोड दिए । सर्वेस्वर व्यवसायी समितिले रचनात्मक कार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सबै मिलेर अघि बढ्न उनको सुझाव थियो । विशेष अतिथि एवं यूवा लेखक तथा साहित्यकार गनेश पौडेलले गुजारामुखी व्यवसायीक सोँचका कारण व्यापारमा सफलता हासिल गर्न नसकिएको विचार व्यक्त गरे । उनले सफलता हासील गर्न व्यवसायीहरु सिर्जनशील र अध्ययनशील बन्नुपर्ने
आवस्यकता औँल्याए । उद्घाटन सत्रमा सर्वेश्वर टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण पराजुली, सम्मानित व्यक्तित्वद्वय रामकली खड्का र पार्वती श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेल, कार्यकारीणी सदस्य गीता तिवारी, जिल्ला प्रहरी कार्यालय कास्कीका डि एस पी खड्क बहादुर खत्री, पश्चिमाञ्चल माविका निर्देशक निदेश कोईराला, फेन्सी तथा रेडिमेड व्यवसयी संघका अध्यक्ष केशव
बहादुर खत्री लगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा उद्यमशील महिला सम्मानबाट पोखरामा हस्तकलाको क्षेत्रमा क्रियाशिल रामकली खड्का र पार्वती श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी समितिमा आवद्ध सदस्यका छोराछोरीमध्ये गतवर्षको एस ई ई परीक्षामा उत्कृष्ठ अंक ल्याउन सफल दुईजनालाई पनि सम्मान गरियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । शनिबार साँझ ७ः ३० बजे नया नेतृत्वका लागि मतदान शुरु भएको र आईतबार विहानसम्म नयाँ कार्य समितिको टुङ्गो लाग्ने समितिका अध्यक्ष धर्ममान सिंह भण्डारीले जानकारी दिए । व्यवसायीहरुबीच नेतृत्वका लागि सर्वसम्मत गर्ने प्रयास असफल भएपछि मतदानबाट चयन गर्न लागिएको हो ।

LEAVE A REPLY