सर्लाहीमा, वैशाख १७ – सर्लाहीमा माटोको ढिस्कोेले पुरिएर चारजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । घर पोत्ने माटो लिन गएका इश्वरपुर नगरपालिका–१४ को सागरनाथ जंगलमा गएका रामवतीदेवी, अभिषेकुमार महतो, अंशु कुमारी महतो र बवितादेवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ज्यान जाने चारै जना इश्वरपुर नगरपालिकाका हुन् । माटोको ढिस्कोले पुरेर घाइते भएकी रामरतीको जनकपुरमा उपचार भैरहेको छ ।

@ujyaaloonline

LEAVE A REPLY