पोखरा, १९ साउन l मिस नेपाल पछिको सबैभन्दा चर्चित र सर्बाधिक पुरस्कार रासी भएको सुन्दरी प्रतियोगिता मिस पोखराको नवौं सिजन शुरु भएको छ । पोखरा जेसीसको आयोजनामा आयोजित मिस पोखरा मोफसलमै आयोजना गरिने सुन्दरी प्रतियोगिता मध्ये उत्कृष्ट र गरिमामय प्रतियोगिता अन्तर्गत पर्दछ ।

सन् १९९४ सालदेखी नेपालमा मिस नेपालको नाममा सुन्दरी प्रतियोगिताको शुरुवाती आयोजना भएको थियो । त्यस लगत्तै १९९५ सालमा पोखराबाट शुरु गरिएको मिस पोखरा मोफसलमै गरिने सुन्दरी प्रतियोगिता मध्ये पहिलो हो । मिस पोखराको अडिशनलाई लक्षित गर्दै अहिले पोखराका बिभिन्न कलेजहरुमा प्रतियोगिताको ’boutमा जानकारी गराउन पोखरा जेसिसका सदस्यहरु, २०१६ का मिस पोखराका बिजेता उपबिजेता लगाएत बिभिन्न कलेजहरुमा भ्रमण गरिरहेको मिस पोखरा २०१७ का मुल संयोजक शिव सापकोटाले जानकारी गराए ।

मिस पोखरा अन्य सुन्दरी प्रतियोगिता भन्दा महत्वपूर्ण र प्रतिष्ठित रहेको पोखरा जेसीसका अध्यक्ष शिव कोईरालाले बताए । उनका अनुसार मिस पोखरा बन्न सफल प्रतियोगीले सोझै मिस नेपालको ट्रेनिङमा प्रवेश पाउनेछन् । साथै मिस नेपाल पछिको सर्बाधिक पुरस्कार राशी पनि रहेको उनले दाबी गरे । “ब्यूटी विथ ब्रेन” नारा दिइएकोे मिस पोखराको पहिलो अडिसन यहि साउन २८ गते र अन्तिम अडिशन भदौको ३ गते पोखराको लेकसाइड स्थित होटल पोखरा बाटिकामा हुदैछ ।

कार्यक्रमको अन्तिम प्रर्तिस्प्रर्धा आगामी असोज ५ गते घटस्थापनाको दिन बिबिध सांगीतिक कार्यक्रमको साथमा भब्य रुपमा सम्पन्न हुने मिस पोखरा २०१७ का इभेन्ट म्यानेजर एवं कोरियोग्राफर सुरज थापाले जानकारी गराए ।

LEAVE A REPLY