पाँचथर, असार ८ – एमाले पहिलो पार्टी हुने देखेपछि सरकारलाई चुनाव गराउने जाँगर नचलेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आरोप लगाउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाँचथरले बिहीबार फिदिममा गरेको पत्रकार सम्मेलनमा नेम्वाङले असार १४ गते हुने दोस्रो चरणको चुनावमा पनि एमाले नै पहिलो हुने देखिएपछि सरकारको जाँगर हराएको बताउनुभएको हो ।

सत्तापक्ष जिम्मेवार नभएकै कारण प्रदेश नं. २ मा चुनावको मिति सारिएको नेम्वाङको भनाई छ । मधेस केन्द्रित दलले आफूहरुले चुनावको विरोध नगरेको भन्दा पनि स्थानीय तहको संख्या थपघट गर्नलाई सत्तापक्षले चुनावको मिति सारेको उहाँले बताउनुभयो ।

एमाले संविधान संसोधनको पक्षमा रहेको बताउँदै उहाँले  आवश्यकताको आधारमा संविधानको संशोधन गनुपर्नेमा जोड दिनुभयो । – ujyaaloonline

LEAVE A REPLY