पोखरा, २८ साउन । पोखरा लेखनाथ महानगरको पिछडिएको वडाका रुपमा रहेको वडा नं २८ लाई समृद्ध वडा वनाउन त्यहाका युवाहरुले समग्र वडाको समृद्ध अभियान सुरु गरेका छन् । लेखनाथ चोक देखी करिव ६ किलोमिटर उत्तर पुर्वमा रहेको उक्त वडा तत्कालिन गाउविकास समितिवाट एकै चोटी महानगरमा गाभिएको थियो । साविक कालिका गासिवसका पाँचवटा वडा र माझाठाना गाविसका केही वडा मिलाएर वडा नं २८ वनेको हो । आवश्यक पुर्वाधार समेत नवन्दै महानगर घोषणा भएपछि त्यहाका युवाहरुले समृद्ध वडा निर्माणका लागी सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

महानगर भएपनी वडा नं २८को आरुपाटामा आवश्यक पर्दा सवारी साधनमा ओहोर दोहोर गर्न समेत मुस्कील छ । विरामी पर्दा एम्वुलेन्स लैजान कठिन छ । सडकको स्तरोन्नती त्यहाको प्रमुख आवश्यकता वनेको छ । आरुपाटा समृद्धी अभियान सुरु गरेका त्यहाका युवाहरुले शनिवार वडा नं २७, २८ र ३० नं वडाका वडाध्यक्षहरुसँग सामूहीक छलफल एवं अन्तरक्रिया गरे ।

कार्यक्रममा वोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले महानगरपालिकाले वडाका हिसावले नभई भूगोलका आधारमा वजेट विनियोजन गर्न माग गरे । साविकको लेखनाथ नगरपालिकामा अहिले आठ वटामात्र वडा रहेका छ्न् । जुन भूगोलका हिसावले अन्य वडाभन्दा निकै ठूला छन् । उनले विकासले पछि परेको आरुपाटामा त्यहाका युवाहरु जागरुक वन्न सके विकासले आफै पछ्याउने भन्दै सो क्षेत्रको विकास निर्माणका लागी निजिक्षेत्रले सघाउने वताए ।

वडा न. २८ का वडाध्यक्ष निर्मल दियाली सुनारले राजनीतिक विचारभन्दा माथी उठेर सामाजिक भावनाकासाथ आँफुले समृद्ध वडा निर्माणमा जुट्ने वताए । सवैको सहयहोग, सल्लह र सुझावले मात्र समृद्ध टोल तथा वडा वनाउन सहयोग पुग्छ उनले भने ।

वडा नं २७का वडाध्यक्ष पुर्णकुमार गुरुङले २० वर्षसम्म जरोगाडेर वसेका कर्मचारीलाई तह नलगाएसम्म कुनै विकास संभव नहुने भन्दै कर्मचारीले गाडेको जरा उखेल्न जनप्रतिनिधि लागी पर्ने वताए । उनले आफ्नो वडाको विकास गर्दा छिमेकी वडालाई समेत लाभ पुग्नेगरी विकासका योजना अघि सार्ने वताए ।

वडा नं ३०का वडाध्यक्ष श्रीराम पोखरेलले जनताका कामलाई प्राथमीकतामा राखेर अघि वढ्ने वताए । पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेनाले स्थानिय क्षेत्रको साधन स्रोतलाई संवन्धीत वडाले नै परिचालन गर्र्नेे व्यवस्था मिलाउन संवन्धीत वडाध्यक्षहरुलाई आग्रह गरे । समाजसेवी एवं एमाले कालिका गाउ कमिटिका पुर्व अध्यक्ष भोलानाथ त्रिपाठीले पारदर्शीता र सुशासनलाई मध्यनजर गरेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । समृद्ध आरुपाटा अभियानका संयोजक शम्भु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पुस्पराज चापागाई, रामप्रसाद वास्तोला लगाएतले शुभकामना व्यक्त गरे ।

LEAVE A REPLY