काठमाडौं, कात्तिक २६ l ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबिच पार्टीमा स्वागत गर्नुभएको हो । चेलीवेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले देशको आर्थिक वृद्धी र समृद्धी कांग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गर्नुभएको हो । ‘सबै समुदायको अधिकार स्थापित गर्दै देशलाई आर्थिक र समृद्धीको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेश पछि भन्नुभयो ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’

कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्विकार नगर्ने बताउर्दै लोकतन्त्रलाई थप वजवुत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आह्वान गर्नुभएको छ । ‘म सबैमा लोकतन्त्रलाई स्विकार गरी सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु’ कोइरालाले भन्नुभयो ।

सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएको कोइराला अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाती, मधेसीलगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउनुहुन्छ ।

‘अब जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार कांग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ’ उहाँले भन्नुभयो ‘त्यसैले संविधान कार्यन्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर ६ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ ।’

LEAVE A REPLY