पोखरा, २९ चैत्र l अनेरास्ववियुद्धारा नयाँ शैक्षिकसत्र सम्बन्धि देखीएको समस्यालाई तत्काल समधान गर्न ध्यानकर्षण भएको जनाएको छ । यदि समस्याको समाधान नगरिएमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

हाल लागु गरिएको शिक्षा निति अनुसार अहिलेका निजी शैक्षिक संस्थाहरु नरहेकोले अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमद्धारा हस्ताक्षर गरिएको सात बुदे मागहहरु तत्काल लागु गर्न जोडदार माग गरिएको छ ।

नयाँ शैक्षिकसत्र सुरु संगै निजी शैक्षिक संस्थाहरु पब्लीकेशनमा धाउने र कमिशनको खेलमा लागेको देखिएकाले तत्काल कारवाहीको दायरामा ल्याउन साथै वैज्ञानी शुल्क निर्धारण गर्न, बुकलिष्ट प्रकाशन नगरेका शैक्षिक संस्थालाई कारर्वाही गर्न, सरकारी तवरबाट दिईने छात्रावृत्ति पारदर्शी गर्न, अवैध तरिकाले सञ्चालन भएका शैक्षिक संस्थाले विद्यार्थीहरुको क्षेत्रीपूर्ति सहित उक्त संस्थालाई कारवाही गर्न, सरोकारवाला संग प्रयाप्त छलफल नगरि ल्याईएका नीतिलाई खारेज गरि विद्यार्थी संगठनको उपस्थितीमा नयाँ नीति बनाउन, दोकानको रुपमा खोलिएका शैक्षिक संस्थालाई तत्काल कारवाही गर्न माग गरेको छ ।

LEAVE A REPLY