पोखरा, १८ वैशाख । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारले पक्षपात नगरी सबै राजनीतिक दलमाथि समान दृष्टि दिनुपर्ने बताएका छन् । ठकुरी महिला समाज कास्कीद्वारा आयोजित उद्घोषण कला तालिमको समापन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
‘आफ्नो पक्षको बढाईचढाई र अर्को पक्षको खेदो खन्ने काम स्वतन्त्र त्रकारको कलमबाट हुन सक्दैन’–उनले भने–‘गल्ती गर्नेको दोष औल्याउन राम्रा कामको प्रशंसा गर्न पनि पत्रकारले कन्जुस्याइँ गर्नु हुँदैन ।’
ठकुरी महिला समाज कास्कीकी अध्यक्ष करुणा हमालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशिक्षक नरमाया रसाइली, साहित्यकार दुर्गाबहादुर शाह बाबा,
प्रशिक्षार्थी रविन शाही र नीशा मल्लले मन्तव्य राखेका थिए । उपाध्यक्ष सीता सेन ठकुरीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन ठकुरी युवा परिवार कास्कीका अध्यक्ष प्रितम सेनले गरेका थिए ।

LEAVE A REPLY