असार १४, २०७४- स्थानीय तहका सबै मतदान केन्द्रमा अहिले उत्साहजनक रुपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । प्रवक्ता सूर्यप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक तवरबाट मतदान भइरहेको जनाएका छन् । आयोगका अनुसार बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा बिहान ११:३० बजेसम्म करिब ३३ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)मा प्राप्त विवरणअनुसार हालसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान भएको छ । मतदान कार्य अपरान्ह पाँच बजेसम्म जारी रहने छ ।

LEAVE A REPLY