राजविराज, २२ चैत – सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजारमा हात्तीको आक्रमणबाट घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अनुराग दिवेदीका अनुसार हात्तीको आक्रमणबाट घाइतेमध्ये हनुमाननगर ५ का २२ वर्षीय रोशन झा र सञ्जय साफी को मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको हो ।

मंगलबार बिहान कोसी टप्पु वन्यजन्तु आरक्षको जंगली क्षेत्रबाट बजारमा आएको हात्तीको आक्रमणबाट झासहित हनुमाननगर बजारका ५ जना घाइते भएका छन् । अन्य घाइतेहरुमा , संगीत साह, कालीचरण दास, नविना खातुन, ईसाद अली र बसन्त मण्डल छन् ।

उनीहरुको बीपी प्रतिष्ठान धरान र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

@Kathmandutoday

LEAVE A REPLY