काठमाडौं,२४ चैत । सडक विभागका इन्जिनियरद्वय २ लाख बढी घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ सडक विभाग, डिभिजन सडक कार्यालय काठमाडौंका इन्जिनियर नरनाथ पौडेल र सवइन्जिनियर मनिष महतोलाई पक्राउ गरेको हो ।

साँखु नाङ्ग्लेभारे सडक ममर्तको रकम भुक्तान गर्नु अघि उनीहरुले घुस मागेका थिए । २९ लाख टेण्डर परेको थियो र, काम भइसकेको छ ।

तर, इञ्जिनियरद्वयले सडक ममर्त पास नै गर्न माननेन् । पिच उत्पिएको लगायतको बाहाना बनाएर उनीहरुले रकम मागेका थिए ।

LEAVE A REPLY