पोखरा ९ असार । ओलम्पिक दिवसको अबसरमा पोखरामा आयोजित सञ्चारकर्मीको ५ किलोमिटर दौडमा पुरुष तर्फ भिम थापा र महिला तर्फ पार्वती थापा प्रथम भएका छन् ।

पुरुष तर्फ थापाले निर्धारित दुरी १८ मिनेट ४७ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद ७ हजार र मेडल प्राप्त गरे । त्यस्तै महिला तर्फकी थापाले २५ मिनेट ५४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै पहिलो स्थान हासिल गरिन् । उनले नगद ७ हजार सहित मेडल प्राप्त गरेकी छिन् ।

त्यस्तै पुरुष तर्फ विजय नेपाली दोस्रो भए भने देवेन्द्र पुन मगर तेस्रो स्थानमा आए । महिलातर्फ सपना अधिकारी दोस्रो र सुस्मिता सुवेदी तेस्रो भए । दोस्रो र तेस्रो हुनेले क्रमश: ५ हजार र ३ हजार नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसी सहित खडग बहादुर रानाभाट, तेज बहादुर गुरुङ, दिपेन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

भूतपूर्व खेलाडी मञ्च नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर शिवशंकर रञ्जितको स्मृतिमा दोस्रो सञ्चारकर्मी ५ किलोमिटर दौड आयोजना गरेको हो ।

LEAVE A REPLY