पोखरा, १० वैशाख । सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सहसचिव हरिशरण पुडासैनीले नेपाल सरकारबाट संस्थानहरु छायाँमा परेको बताएका छन् । नेपाल खानेपानी संस्थानद्वारा आयोजित अनलाईन टेण्डर सम्वन्धी ३ दिने पोखरामा सुरु भएको तालिमको उद्घाटन गर्दै सहसचिव पुडासैनीले संस्थानहरु परम्परागत शैलीबाट चलेको आरोप समेत लगाए । उनले इं–जिपी प्रणाली सुरुवात गर्नेमा खानेपानी संस्थान सवैभन्दा अगाडि रहेको भन्दै सरकारले संस्थानहरुलाई सहयोग पनि गर्ने तर हस्तक्षेप गर्न पनि नछोड्ने शैलीको कारणबाट खानेपानी संस्थानपनि चपेटामा परेको बताए ।
तालिमको सुभारम्भ गर्दै खरिद क्षेत्रमा उपयुक्त र प्रभावकारी सहयोग हुने उल्लेख गरे । कार्यक्रममा खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबावु ढकालले शुभकामना सन्देश पत्राचार गर्दै पानीको कारण संस्थानका उपभोक्तालाई कुनै समस्या नहोस् भन्दै वित्तिय अनुशासन कायम गर्न पारदर्शि र निष्पक्ष संस्थान निर्माण गर्न आवस्यक भएको उल्लेख गरेका थिए । शुभकामना सन्देशमा सार्वजनिक खरिद ऐन तथा नियमावलीले तोकेको सिमामा मात्र सिमित नभै ई–विडिङ प्रयोग गर्दै सक्षम संस्थान निर्माणमा सवै तालिममा सहभागीहरुले गम्भिर हुनसमेत उल्लेख गरेकाछन् । कामु उपप्रवन्धक ईन्जिनियर इश्वर प्रसादको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य एवं कार्यक्रमको जानकारी दिँदै पोखरा शाखाका कार्यालय प्रमुख ई.निरण महर्जनले तालिमले संस्थानलाई अगाडि बढाउनेमा आफूहरु ढुक्क भएको वताएका थिए ।
पोखरा शाखाका कर्मचारी केदार धमलाको सञ्चालनमा रहेको कार्यक्रममा सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका निर्देशक मनिश भट्टराई, कम्प्युटर अधिकृत मधुसुदन पुडासैनी, कम्युटर इन्जिनियर अमोद उलक, आईटी कन्सल्ट्यान्ट सिकेन्द्रकुमार झा लगायतको प्रशिक्षणमा तालिम शुभारम्भ भएको छ । तीन दिनसम्म नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा चल्ने तालिममा नेपाल खानेपानी संस्थानका २२ वटा शाखाबाट कार्यालय प्रमुख तथा लेखा प्रमुखहरुको सहभागिता रहेको छ ।

LEAVE A REPLY