पोखरा, चैत्र, २७ । बालकल्याण सस्था सेदिबगरले बालगृहमा रहेका अभिभावकसंग छलफल कार्यक्रम गरेको छ । बिभिन्न अबस्थामा उद्धार गरी बालगृहमा संरक्षण गरिएका बालबालिकाको अभिभावकहरु भेला गराई उनिहरुको अहिलेको अबस्थाको बारेमा जानकारी लिईएको सस्थाको प्रबन्धक बिजय कुमार प्रधानले जानकारी दिए ।
१६ बर्ष अगाडी स्थापना भएको सस्थाले हाल ३५ जना बालबालिका लाई प्रत्यक्ष संरक्षण गरिरहेको र अन्य बालबालीकालाई पनि अभिभावक संगै राखेर सहयोग गरिरहेको सस्थाका उपाध्यक्ष ईन्दीरा बरालले बताईन । उनिहरुको बालगृहमा रहदाँको अबस्थामा हुन सक्ने मनोबिज्ञान र समाजमा पुर्नस्थापनाका लागि आबस्यक पर्ने कुराहरुको बारेमा बालबालीकाको अभिभावक लाई जानकारी दिइएको बरालले बताईन ।

नेपाल सरकारको बर्गिकरणमा १ नम्वरमा पर्न सफल भएको बालकल्याण सस्थाले १८ बर्ष पुगेका बालबालिकालाई तत्काल समाज पठाउदा उनिहरुको मनोबिज्ञानमा असर पर्ने र घुलमिल हुन अप्ठेरो पर्ने भएकाले मिड वे हाउसको ब्यबस्था गरेको छ । अहिले ४ जना बालबालिकाले मिड वे हाउस बाट समाजमा कसरी प्रस्तुत हुने र जिवन जिऊन आबस्यक पर्ने कुराहरुको बारेमा जानकारी लिईरहेको कोषाध्यक्ष शिब थापाले बताए । कार्यक्रममा बोल्दै थापाले अबको दुई बर्ष भित्र सस्थामा रहेका र सरकारले तोकेको मापदण्ड भन्दा बाहिर रहेको बालबालीकालाई उचित बाताबरणको प्रबन्ध मिलाएर परिबारमा पुर्नस्थापना गर्ने जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रमा केन्दीय बालकल्याण संघका स्रोत ब्याक्ति बद्री बाग्लेले बालअधिकार र अभिभावकहरुको बालबालिका प्रति हुने जिम्मेबारीको बारेमा प्रशिक्षण दिएका थिए । पैसा र भौतिक शुख सुबिधाले मात्र बालबालिकालाई असल ब्याक्ति बनाउन नसकीने उनले बताए । बालमनोबिज्ञान बुझन नसक्दा समाजमा बालबालिकाहरु गलत बाटो तर्फ गईरहेको बाग्लेको भनाई थियो । सस्थाका उपाध्यक्ष ईन्दिरा बरालको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका सदस्य बशन्त सुबेदी र सचिब माधब पनेरुले बोलेका थिए ।

LEAVE A REPLY