पोखरा, १९ बैशाख l लायन्स क्लब अफ पोखरा टुरिजम सिटी, कलश बचत तथा ऋण सहकारी संस्था र पोखरा एफ एमको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ । आइतबार पोखरा एफ एमको प्राङ्गण चिप्लेढुङ्गामा सम्पन्न रक्तदानमा नया तथा पुराना रक्तदाताले रक्तदान गरेको लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष सुदिप पौडेलले बताए । कार्यक्रमका बिशेष अतिथीद्धय लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका ब्लड डोनेसन चियरपर्सन लायन किशोर बराल र जोन ३३का जोन चियरपर्सन एमजेएफ लायन मिलन थापाले उपस्थित रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गरेका थिए ।

रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बोल्दै पोखरा एफ एमका प्रमुख कार्यकारी अधिकृत उत्तममान बुद्धाचार्यले एफएमले स्थापना काल देखिनै सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान गर्दै आएको स्मरण गरे । बिशेष अतिथी लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका ब्लड डोनेसन चियरपर्सन लायन किशोर बरालले लायन्स क्लब सामाजिक सेवाका लागि जन्मिएको संस्था भएकोले समाजको आवश्यकता मुताविक सेवा गर्न आग्रह गरे । पोखरा एफ एमका प्रमुख कार्यकारी अधिकृत उत्तममान बुद्धाचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका जोन ३३का जोन चियरपर्सन एमजेएफ लायन मिलन थापा, कलश बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष दुर्गाप्रसाद सुबेदी लगायतले बोलेका थिए ।

LEAVE A REPLY