पोखरा, २२ बैशाख l संघिय समाजवादी फोरम तथा नयाँ शक्तिको संयुक्त गठबन्धनद्वारा पोखरा–लेखनाथ महानगरपालिका वडा नं. १२ मा घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ । पोले–१२ शितलादेवीमा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन पश्चात घरदैलो कार्यक्रमलाई तिब्र बनाएको हो ।
सम्पर्क कार्यालयको उद्घाटन गर्दै पोखरा–लेखनाथ महानगर प्रमुख जितबहादुर गुरुङले राज्यसत्तामा रहनेहरु पुरानै तरिकाको सोच राखि गईरहेको हुँदा अहिलेको जनभावना अनुसार नयाँ अपेक्षा अनुरुप जानुपर्ने भएकाले संयुक्त गठबन्धनको मसाल चिह्नमा मतदान गर्न आग्रह गरेका छन् । दिप प्रज्वलन तथा ब्यानर खोली कार्यालयको उद्घाटन गुरुङले गरेका थिए ।
संयुक्त गठबन्धनबाट पोखरा–लेखनाथ महानगर मेयर पदका उमेद्वार हुमबहादुर गुरुङले पोखराको समृद्धिको निम्ती आफु लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कुनै पनि वर्ग समुदायलाई पछाडी राखि विकास गर्न नसकिने हुँदा सबैलाई समेटेर नगर विकास तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा उपमेयर पदकी उमेद्वार लक्ष्मी खाती परियार, नयाँ शक्तिका जिल्ला संयोजक हेमबहादुर थापा, प्रेस सोसाईटीका रुद्र भट्ट, प्रशिक्षण विभागका सौगात पोखरेल, वडाका अध्यक्ष पदका उमेद्वार रुद्र बहादुर गुरुङलगाएतले उपस्थिति राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य देवीसुब्बा गुरुङले राखेका थिएभने संचालन मानकाजी गुरुङले गरेका थिए । यसैगरि भोली (शानिबार) पोखरा–लेखनाथ महानगर–२५ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन तथा घरदैलो हुने कुरा निर्वाचन समिति कार्यालय कास्कीले जानकारी दिएको छ ।

LEAVE A REPLY