पोखरा, १७ साउन । संगम बचत तथा ऋण सहकारी संस्था लि.रामबजार पोखरा लेखनाथ १५ ले स्वास्थ्य शिविरको आयोजना गरी स्वास्थ्य सम्बन्धी सचेतना दिनुका साथै महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरेको छ ।
सहकारी अन्तर्गत महिला उपसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा खासगरी स्वास्थ्य संस्था र क्लिनिकमा आफ्ना समस्याबारे बताउन नचाहने र रोगसँग लडिरहेका महिलाहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको महिला उपसमिति संयोजक विष्णु कुमारी थापाले बताइन् ।
कम उमेरमा विवाह गर्ने र बच्चा जन्माउने, उमेर ढल्केपछि बच्चा जन्माउने, सुत्केरी अवस्थामा आराम नगर्ने, घरमै सुत्केरी हुने जस्ता महिलाहरुलाई बढी मात्रामा पाठेघर सम्बन्धी समस्याले सताउने गरेको पाइन्छ ।
पाठेघरको मुखको क्यान्सरको साथै पाठेघर खस्ने (आङ खस्ने) रोगको समेत परीक्षण गरिएको उक्त कार्यक्रमबाट महिलाहरुलाई स्वास्थ्य रहन सघाउ पुगेको शिविरमा सहभागी महिलाले बताए ।

LEAVE A REPLY