पोखरा, १६ चैत । संगम बचत तथा ऋण सहकारी संस्था लि., रामबजार १५ ले काभ्रपलाञ्चोक, दोलखा र नवलपरासीका सहकारीहरुको अवलोकन भ्रमण गरी फर्केको छ ।सहकारीका अध्यक्ष निरज थापाको नेतृत्वमा भएको उक्त भ्रमणमा संचालक समिति, लेखा समिति लगायत विभिन्न उपसमितिका पदाधिकारीहरुका साथै कर्मचारीहरु सहितको सहभागिता रहेको थियो ।
एशियाकै उत्कृष्ट सहकारीहरुको अध्ययन अवलोकन गरी संस्था तथा सदस्यको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ भएको उक्त भ्रमण टोलीले काभ्रेपलाञ्चोक जिल्लाको सामुदायिक र बुडोल सहकारी, दोलखा जिल्लाको जनसचेतन र एकिकृत फ्रेण्डसीप सहकारी, नवलपरासी जिल्लाको किसान र विकु सहकारीको अध्ययन अवलोकन गरेको छ ।
नेपालका सहकारीहरु एशियाकै उत्कृष्ट सहकारीको सम्मानबाट पुरस्कृत हुनु खुसी र गर्वको कुरा भएको र उनीहरुको सिको नेपालका सबै सहकारीहरुले गर्दै जानुपर्ने कास्की जिल्ला बचत तथा ऋण सहारी संघका संचालक सदस्य एवं संगम सहकारीका अध्यक्ष निरज थापाले बताए । अन्तरकृयात्मक कार्यक्रम सहित गरिएको उक्त भ्रमाले द्विपक्षीय सम्बन्ध सुधारका साथै संस्था, सदस्य र समुदायको विकासमा टेवा पुग्ने विश्वास भ्रमण टोलीले गरेका छन् ।
टोलीले सिन्धुलीमा पर्ने ऐतिहासिक स्थल सिन्धुलीगढीको दृश्यावलोकन र नवलपरासीमा रहेको प्रसिद्ध तिर्थस्थल मौलाकालिका देवीको दर्शन समेत गरेको टोलीका सदस्य तथा शिक्षा उपसमिति संयोजक तिलक थापलो बताए ।

LEAVE A REPLY