????????????????????????????????????

पोखरा, २४ चैत्र । पोखरा लेखनाथ महानगरपालिका ८ रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरको आयोजनामा आगामी शनिबारदेखी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । वैषाख १ गते सम्म जारी रहने उक्त महायज्ञको आवाश्यक तयारी पुरा भएको महायज्ञ मुलआयोजक समितिले आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
श्री कृष्ण प्रणामी मन्दिरको २६ औ वार्षिक उत्सवको अवसरमा विश्व शान्ति तथा आत्मा जागृतिका लागि श्रीमद्भागवत ज्ञानमहायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका संयोजक बलराम सुवेदीले जानकारी दिनुभयो ।
नेपाली संस्कार र संस्कृतिको जर्गेनासंगै संरक्षण र विकासमा आमसमुदाय अग्रसर हुनु पर्नेमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जोड दिनुभयो । पछिल्लो समय बाह्य संस्कार र संस्कृतिको प्रभावका कारण मौलिकतामा हस आएको प्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले यस्ताप्रकारका कार्यक्रममहरु सामाजिक चेतना अभिवृद्धिमा सर्मपित गर्न सुझाव दिनुभयो ।
महायज्ञमा अन्तराष्ट्रिय ख्याति प्राप्त माता श्री सपनादेवी श्रेष्ठ ज्युले संगीतमय कथा बाचन गर्ने मन्दिरका मुख्य पुजारी श्यामदास कुवंरले जानकारी दिनुभयो ।

LEAVE A REPLY