पोखरा, २६ चैत । नेपाली काँग्रेसका पूर्व आमन्त्रित सदस्य एवं नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले नेपाली मजदुरको संरक्षणकोलागि श्रम आयोग आवस्यक भएको बताएका छन् । नेपाल यातायात मजदुर संघ कास्कीको सातौ अधिवेशनको उद्घाटन गर्दैै नेता कुँवरले सरकारले मजदुरको पक्षमा कुनै काम नगरेको आरोप लगाउँदै नयाँ संविधानमा मजदुरको पक्षमा ऐन नियम निर्माणमा कुनै कसुर नराख्न सुझाव समेत दिएका छन् । यातायात मजदुर संघ कास्कीका अध्यक्ष जितवहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता कुँवरले व्यवसायी र मजदुर रथका दुई पाङ्ग्रा भएको वताउँदै श्रमिक इमान्दार र व्यवसायी प्रजातान्त्रीक नभएसम्म कुनै समस्या हल नहुने धारणा व्यक्त गरे ।
जिल्ला सचिव अर्जुन खनालको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष दामोदर पण्डितले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रजातान्त्रीक राष्ट्रिय यातायात मजदुर संघका सचिव केदार पौडेलले अधिवेशनको सफलताको कामना गर्दै जिम्मेवारी लिनुभन्दा जिम्मेवारी पुरा गर्नु महत्वपूर्ण विषय हुने धारणा व्यक्त गरेका थिए । अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ४ का संयोजक मुरारी शर्मा, जिल्ला अध्यक्ष कुलदेवी वराल, यातायात मजदुर संघका केन्द्रीय सह कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पत्रकार महासंघ कास्कीका जिल्ला सदस्य कमल पौडेल अथक, मजदुर नेता किरणबावु पन्त, माधव गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष विष्णु केसी, नेपाल घरेलुस्थित श्रमिक संघका जिल्ला अध्यक्ष लालुमायाँ रेग्मी लगायतले वोलेका थिए । मजदुर संघले मुरारी शर्मा, कुलराज गुरुङ, कमल पौडेल अथक, केदार धमला लगायतलाई सम्मान समेत गरिएको थियो ।
सातौ अधिवेशनले दामोदर पण्डितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको जिल्ला उपाध्यक्षमा नारायण कुँवर, सागर लामा, सचिवमा अर्जुन खनाल, सह सचिवमा सानुबाबु श्रेष्ठ, कोषाध्यक्षमा सुवबहादुर थापा र सदस्यहरुमा भेषप्रसाद ढुङ्गाना(केशव), पूण्यप्रसाद पौडेल, दुर्गा भुर्तेल, विकास गुरुङ, सुरज गुरुङ(काजी), सनवहादुर गुरुङ र थलबहादुर वरुवाललाई सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत मुरारी शर्माले जानकारी दिए । साधारण सभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरिएको थियो ।

LEAVE A REPLY