पोखरा, २९ चैत्र । पोखरा लेखनाथ महानगरपालिका वडा नं.२५ हेमजा स्थित हेमजा युनाईटेडद्धारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगीता २०७४ को तयारी पुरा भएको छ ।
अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीका अनुसार नेपाली नयाँ वर्ष २०७४ वैषाख १ देखी हेमजा स्थित गौरी शंकर खेलमैदान गैरीमा हुने उक्त प्रतियोगीताको आवाश्यक तयारी पुरा भएको हो । प्रतियोगीताको चौठो संस्करणको उद्धघाटन नेपाल सरकार युवा तथा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले गर्नुहुने कार्यक्र तय गरिएको त्रिपाठीले जानकारी दिनुभयो ।
साथै प्रतियोगीतालाई सफलतापुर्वक सम्पन्न गर्नका लागी विभिन्न उपसमिति मार्फत युवाहरु समेत परिचालन गरिएको छ । कास्की जिल्ला फुटबल संघ एन्फा कास्कीको संयोजनमा हुने उक्त प्रतियोगीता “युवा एकता र विकासका लागी खेलकुद” भन्ने नाराका साथ संचालन गरिने छ ।
राष्ट्रिय तथा स्थानिय क्लवहरुको सहभागीतामा हुने उक्त प्रतियोगीताको विजेताले नगद रु.१ लाख ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र तथा दोस्रो हुनेले नगद रु.७५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । करिब २० टिमको सहभागीता अनुमान गरिएको उक्त प्रतियोगीतामा अहिले सम्म १५ वटा टिमहरुले आफ्नो नाम दर्ता गरिसकेका छन् ।
यसैविच क्लवले आफ्नै पहलमा सुविधासम्पन्न भवन समत निर्माण गरिरहेको र उक्त भवन निर्माणका लागी रु.१० हजार भन्दा धेरै सहयोग गर्नेहरुको नाम शिलालेखमा समेत उल्लेख गरिने क्लवले जनाएको छ ।

LEAVE A REPLY