पोखरा, ६ वैशाख। हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा संगम एफसी र सत्य युवा क्लब बाँझापाटन सेमिफाइनलमा प्रवेश गरेका छन्।
गौरी शंकर खेल मैदान(गैरी) मा बुधबार भएको पहिलो खेलमा संगम एफसीले भदौरे युवा क्लबलाई १२–० को फराकिलो गोल अन्तरले पराजित ग¥यो।
सो खेलमा बिमल रानाले पाँच, बेलप्रसाद गुरुङले दुई, मनिश तामाङले दुई तथा बिश्व अधिकारी, गणेश थापा र अन्जन देवकोटाले एक÷ एक गोल गरेका थिए। उक्त खेलमा म्यान अफ दी म्याच संगम एफसीका बिमल राना घोषित भए।
दोस्रो खेलमा सत्य युवा क्लब बाँझापाटनले हाम्रो हिमशिखर क्लब फेदिखोला, स्याङ्जालाई ३–२ ले पराजित ग¥यो।
सो खेलमा सत्य युवा क्लब, बाझाँपाटनबाट रिजन सुब्बा, समासुर्ग र जिवन गुरुङले एक÷एक गोल गरेका थिए भने हाम्रो शिमशिखर फेदीखोला, स्याङ्जाबाट आविश गुरुङ र गोबिन केसी एक÷एक गोल गरेका थिए। उक्त खेलमा म्यान अफ दी म्याच सत्य युवा क्लब, बाझाँपाटनका जिवन गुरुङ घोषित भए।
बिहीबार पहिलो सेमीफाइनल खेल ११ बजे संगम एफ सी र लेकसाइड एफसी बिच हुने छ भने दोस्रो खेल १ बजे बिष्णु पादुका क्लब हेमजा र सत्य युवा क्लब, बाझाँपाटन बिच हुने हेमजा युनाइटेडका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।
‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडले आयोजना गरेको उक्त प्रतियोगिता बैशाख ९ सम्म चल्ने छ। प्रतियोगितामा १६ टिम सहभागी छन्।

LEAVE A REPLY