पोखरा, ६ साउन । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजद्वारा संचालित सहिद स्मृति पुस्तकालय अक्षयकोषमा ५१ हजार १ सय ५१ रुपैयाँ प्राप्त भएको छ ।

सो आर्थिक सहयोग रकम पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङ निवासी शिक्षासेवी हेरम्ब प्रसाद एवं पार्वती कोइराला परिवारबाट प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष गायत्री भूत्र्यालले अक्षयकोषको बृद्धिले पुस्तकालयलाई निरन्तरता दिन एवं पुस्तकालयको व्यवस्थापनमा लागि महत्वपूर्ण भूमिका रहने बताउँदै सहयोगदाताप्रति हार्दिक धन्यवाद व्यक्त गरिन् ।

विहीवार आयोजित एक कार्यक्रममा नगद हस्तान्तरण गरेका हेरम्ब प्रसाद कोइरालाले पुस्तकालयको लागि सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।

LEAVE A REPLY