लुम्ले, ३ चैत । लुम्लेको लान्दु्रक स्थित लान्दु्रक आधारभूत विद्यालयले आइतवार एक कार्यक्रमका बीच नवनिर्मित शिशु कक्षाकोठा भवनको उद्घाटन गरेको छ ।लान्दु्रकका स्व. क्या जयबहादुर गुरुङको स्मृतिमा उनको परिवारद्वारा रु. पाँच लाख सहयोग प्रदान गरि निर्माण सम्पन्न गरिएको उक्त भवनको आइतवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्वः जयबहादुर गुरुङका छोरा प्रेमबहादुर गुरुङले बुबाको स्मृतिमा आफ्नै गाँउको विद्यायललाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । गुरुङले सबैले आ–आफ्नो जन्मस्थललाई माया गर्नुपर्ने टिष्पणी गर्दै समाजसेवा नै सबैभन्दा ठुलो सेवा भएको भनाई राखेको थिए ।गुरुङ पोखराको हरिचोक स्थित लान्दु्रक पेट्रोल पम्पका प्रोप्राइटर हुन् ।सो अवसरमा विद्यालयलाई गुरुङको परिवारले छात्रबृति अक्षयकोश स्थापनार्थ रु. ३ लाख समेत सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरुङले सहयोग प्रति विद्यालय आभारी रहेको बताउदै गुरुङ परिवारले विद्यालयलाई अमुल्य सहयोग गरेको टिष्पणी गरेका थिए ।त्यस अवसरमा अविभावकको तर्फबाट दुर्गाबहादुर क्षेत्री, भुपु वडा अध्यक्ष बुद्घिप्रसाद गुरुङ लगायतले गुरुङ परिवारको सहयोगको प्रशम्सा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन शिक्षक नजरमान गुरुङले गरेका थिए ।

LEAVE A REPLY