पोखरा, १६ वैैशाख l नेपाल निर्माण व्यवसायी संघ कास्कीले शनिवार आफ्ना सदस्यहरुलाई इलेक्ट्रोनिक गर्भपेन्ट प्रोक्युपेन्ट(इजिपी)को वारेमा एक दिने तालिम दिएको छ ।
सरकारले २०७४ साउन १ गतेवाट सवै सार्वजनिक निर्माणका टेण्डरहरु कम्प्युटरवाट मात्र खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था गरेपछि संघले पनि आफ्ना सदस्य व्यवसायीहरुलाई त्यस वारेमा तालिम दिएको वताएको छ ।
टेण्डर खरिदको लागि सम्वन्धित कार्यालयमा निवेदन गर्ने र खरिद गर्ने अहिलेको व्यवस्थालाई परिमार्जन गर्दै सरकारले ५० लाखभन्दा माथिका सवै टेण्डरहरु विद्युतिय माध्यमवाट मात्र खरिद गर्ने व्यवस्था गर्न लागेको हो ।
तालिममा ८३ जना व्यवसायीहरु सहभागि थिए ।
संघका अध्यक्ष वासुदेव गौचनको सभापतित्वमा सम्पन्न कार्यक्रममा तालिमको उदेश्यको वारेमा सल्लाहकार चिरञ्जिवि पोखरेल, स्वागत वरिष्ठ उपाध्यक्ष सुरेश क्षेष्ठ तथा संचालन सचिव हरिप्रसाद लम्सालले गरेका थिए । सहभागिहरुलाई संघका कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, कार्यालय प्रमुख डम्वरराज ढकाल, कार्यसमिति सदस्य कृष्ण ढकाल, पुर्व कास लक्ष्मण पाण्डेले प्रशिक्षित गरेका छन् । राजधानी काठमाण्डौ पछि पहिलोपटक पोखरामा यो तालिम आयोजना गरिएको संघले जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघले यसअघि संघका कार्यालय प्रमुख डम्वरराज ढकाललाई यसवारेमा राजधानीमा तालिम दिएको थियो ।

LEAVE A REPLY