पोखरा २६,कात्र्तिक l  कात्र्तिक २४ गतेबाट पोखरामा जारी प्रथम तमु वोँन्पो लम भेलाले कास्कीको याङ्जाकोट निवासी वाँेन्पो लम गंगा बहादुर पैंगीलम तमुको अध्यक्षतामा २१ सदस्यीय वाँेन्पो लम केन्द्रिय समितिको गठन गर्दै आज समापन भएको छ ।

तमु प्ये ल्हु संघ कास्कीको आयोजना तथा लमजुङ र गोर्खा जिल्लाको सह–आयोजनामा भएको भेलाले प्रथम उपाध्यक्षमा चोक बहादुर लेम तमु, द्धितिय उपाध्यक्षमा सन्त बहादुर चौक्षे तमु, सचिवमा विनय लेम तमु, सह–सचिवमा भुवन पैंजो लम तमु, कोषाध्यक्षमा सुक बहादुर लम तमु, सह–कोषाध्यक्षमा सन्तराम तमुलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा आर्यन तमु, तुलसिंह तमु, गजबहादुर तमु, ठूलोकान्छा लेम तमु, शिर बहादुर तमु, अजय तमु, सन्त बहादुर तमु, सुक बहादुर तमु, सुकमान तमु, लालप्रसाद तमु, कृष्ण बहादुर तमु, सानुकान्छा तमु र सुकबहादुर तमु रहनु भएको छ ।

आजै भेलाले २१ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । घोषणा पत्रमा लोपोन्मुख अवस्थामा पुगेको तमु वोँन्पो लमको साँगठानिक स्वरुप बलियो बनाउँदै लैजाने, विभिन्न जिल्लामा रहेको वोँन्पो लमहको तथ्याङक संकलन गरी अभिलेख राख्ने, तमु वोँन्पो लमको जागरण तथा उत्थानको लागि आवश्यक कार्य योजनाहरु ल्याउने, तमु वोँन्पो लमको प्ये लेखन तथा प्रकाशन गर्ने, वोँन्पो लमको पोसाकको बारेमा अध्ययन गरी एक रुपता कायम गराउने, वोँन्पो लमको चेला प्रशिक्षण गराउने, तमु कर्म कान्डाहरुमा मितव्ययिता अपनाउने, तमु समुदायमा वोँन्पो लमलाई पच्यु क्लेप्री सरह प्रयोग गर्ने÷गराउने, वोँन्पो लमहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न समयमा प्रशिक्षण तथा तालिम कक्षा सञ्चालन गर्ने लगायतको बुँदाहरु उल्लेख गरिएको छ ।

समापन कार्यक्रममा बोल्नु हुँदै नव निर्वाचित अध्यक्ष गंगाबहादुर पैगीलम तमुहले वोँन्पो लमहरुको एकताको लागि आफनो कार्यकालमा सक्दो प्रयास गर्ने बताउनुभयो । कार्यक्रममा तमु प्ये ल्हु संघका प्रमुख सल्लाहकार ले.इन्द्र बहादुर तमु तथा केन्द्रिय अध्यक्ष हितकाजी तमुले नव निर्वाचित कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैबीच गत कात्र्तिक २४ गते उद्घाटन समारोहको अवसरमा आयोजना गरिएको तमु मौलिक झाँकीमा उत्कृष्ट हुने समुहलाई आज नगद पुरस्कार प्रदान गरिएको छ । झाँकीमा डढुवा दुर्छा लमजुङ तमु समाज प्रथम, पच्यु प्रशिक्षण समिति द्धितिय र ढोर फिरफिरे तमु समाजले तृतिय स्थान हासिल गरेको छ भने बौद्ध हिमाल तमु समाज र स्याङ्जा राम्चेली गडाभाइ तमु समाजले सान्त्वना स्थान हासिल गरेको झाँकी मुल्याङ्कन उपसमितिका संयोजक झम तमुले जानकारी दिनुभयो । बिजेता समाजलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार, २५ सय नगद पुरस्कार प्रदान गरिएको छ भने सहभागि सबै समाजलाई २ हजार नगद र प्रमाण–पत्र प्रदान गरिएको छ । ¥यालीमा आयोजक, सह–आयोजक तथा प्ये ल्हु संघको विदेश शाखाहरु भन्दा बाहेक २९ वटा तमु समाज र संघ सस्थाले प्रतिशपर्धा गरेका थिए ।

तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष ओम बहादुर प्हच्यु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णु भुजा तमुस्योले गर्नुभएको थियो । कार्यक्रममा आर्थिक सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो भने युवा समितिको तर्फबाट विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY