काठमाडौं, वैशाख २२ – सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनावका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी चुनावका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने जनाएको छ । – रासस

LEAVE A REPLY