पोखरा,१८ कार्तिक l बुद्ध बिशाल बजार व्यापारिक एशोसियसन वुद्धविशालबजार पोखरा–४ ले दशैं तिहारको उपलक्ष्यमा संचालन गरेको उपहार कुपन योजनाका विजेताहरु शनिवार एक कार्यक्रमका साथ सार्वजनिक गरिएको छ ।

लक्की ड्र मार्फत प्रथम पुरस्कार कुपन नं ः ७०४३७,द्धितिय पुरस्कार २२५१४,तृतिय पुरस्कार ७०८५५,चौथो पुरस्कार ८७३१५ लाई परेको छ । त्यसैगरि पााचौ पुरस्कार २०९०१,छैटौँ पुुरस्कार ८४६६७,सातौ पुरस्कार कुपन नं ८९००१,७५१५८,३७२४७ , २९३२४ र आठौँ पुरस्कार ७२२८०,८५०२९,४६८५६,१४०३७,६९४५४ र ८१२४० लाई परेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिँहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै एसपी सिँहले उपहार कार्यक्रमवाट व्यापारिक फाईदा मात्र नभएर ग्राहको पनि भाग्य चम्किन सक्ने भनाई राखे । उनले आवश्यक परेको खण्डमा बजारलाई सुरक्षा दिन प्रहरी सँधै तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे । एशोसियनले चाडपर्वलाई लक्षित गरेर गएको श्रावण २३ गतेदेखी कार्तिक १७ गतेसम्म उपहार कुपन योजना ल्याएको थियो ।

एशोसियसनका अध्यक्ष प्रदीपकुमार मुल्मीको अध्यक्षतामा भएको कार्यक्रममा कपडा व्यवसायी एशोसियसनका अध्यक्ष नविन नापित, एशोसियसनका निर्वतमान अध्यक्ष बलराम गौतम र सल्लाहकार धुर्वप्रसाद रेग्मी लगायतले उपहार कार्यक्रमले ग्राहकलाई आकर्षित गर्ने र व्यापार वढ्ने भनाई राखेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष शिव शर्मा र संचालन महासचिव केशववहादुर खत्रीले गरेका थिए । कार्यक्रममा ग्राहकहरुको वाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY