भदौ १४ l अहिले विश्व फुटबलमा नेइमार र कोटिन्हो चर्चामा रहेका छन् । बार्सिलोनाबाट पिएसजी गएका नेइमार र लिभरपुलबाट बार्सिलोनामा आउने चर्चा चलेका कोटिन्होले सबैको ध्यान तानेका छन् । तर धेरैलाई थाहा नभएको र रमाइलो कुरा के छ भने उनीहरु दुबै कुनै समय स्पेनी क्लब रियल मड्रिडबाट खेल्ने सपना देखेका थिए । नेइमार बार्सिलोना छोडेर पिएसजीमा गएपछि उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्व फुटबलमा स्टार खेलाडीको रुपमा उदाउने लक्षण देखाएका छन् । उता लिभरपुलबाट खेलिरहेका कोटिन्होलाई बार्सिलोनाले भित्र्याउने तयारी गरेको छ ।

LEAVE A REPLY