पोखरा १०, जेठ l विश्वका होचा व्यत्तिको रुपमा विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगर यति वेला स्वास्थ्यले साथ नदिदा अस्पतालमा भर्ना भएका छन् ।

खगेन्द्रको स्वास्थ्यमा समस्या आए पछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा भर्ना गराईएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर राना मगरले बताए । खगेन्द्रको स्वास प्रस्वासमा समस्या, हेमो ग्लोविन कमी, सेतो रगत आवश्यक भन्दा बढी देखिएको लगायतको स्वास्थ्यमा समस्या रहेको उपचारमा संलग्न चिकित्सक गोविन्दराज पाण्डेले बताए । सेमि –क्याविनमा राखेर हाल खग्रेन्द्रमा उपचार भई रहेको छ ।

उनलाई सुरुमा क्याविनमा राखेर एक सय एम.एल.रगत दिए पछि सुक्रबार ईण्डोस्कोपि हुने भएको डा. पाण्डेले बताए । आईरनको कमि तथा हावापानीको कारणले गर्दा खगेन्द्रको स्वास्थ्यमा समस्या आएको हुन सक्ने चिकित्सकहरु बताउछन । खगेन्द्र नेपालकै गौरव भएकोले उनको उपचारमा अस्पतालले सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष रानामगरले बताए ।

खगेन्द्र परिवारकोे आर्थिक अबस्था कमजोर भएकोले प्रतिष्ठानले विभिन्न अस्पताल तथा संंघ संस्थाबाट एवं व्यक्तिको सहयोगले स्वास्थ्य उपचार गर्दै आएको छ । बाग्लुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र हाल पोखराको सृजनाचोकमा बस्दै आएका छन । उनले विश्व कृतिमान कायम गरेको ८ महिनामै रेकर्ड भंग भएको थियो । उनलाई अझै पनि विश्वका विभिन्न देशले निमन्त्रणा गर्ने गरेका छन ।

LEAVE A REPLY