पोखरा २३ साउन l बुद्ध विशाल बजार एशोसियसनले व्यवसाय प्रवद्धन गर्ने उद्देश्यले तीज, दशै तिहार छठ लगायतको पर्वलाई मध्यनजर गरेर पाँचौ निशुल्क कुपन उपाहार खुलाएको छ ।
निशुल्क कुपन उपहारमा पहिलो पुरस्कार मोटरसाईकल १ जनालाई , दोस्रो स्कुटर १ जनालाई, तेस्रो टिभी १ जनालाई, चौथो फ्रिज १ जनालाई, पाँचौ पुरस्कार माईक्रो ओभन १ जनालाई , मोबाईल २ जनालाई, बक्स फेन ४ जनालाई, राईस कुकर ६ जनालाई दिने आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
कुपन उपहारमा जम्मा १७ जना परस्कृत गरिने छ । सोमबार देखिका उपभोत्ताहरु समाबेश हुनेछन् । कात्तिकको १८ गते उपाहार खोल्ने आयोजकले बताएको छ । विशाल बजारमा ५ सय भन्दा बढि मुल्यमा सामान किन्ने ग्रहाक उक्त कुपनमा समाबेश हुने बुद्ध विशाल बजार एशोसियसका अध्यक्ष प्रदिप कुमार मुल्मीले बताए ।
पोखरा लेखनाथ महानपालिका वडा नं ४ का वडा अध्यक्ष शंकर बास्तोलाले बजारमा आएको समस्याको बारेमा महानगर सधै सकरात्मक रहेको बताए । उनले बजारमा पाकिंङको समस्या रहेको बताउदै व्यापारीलाई बिहान ७ बजे भन्दा अगाडि र बेलुका ६ बजे पछाडि बजारमा सामान ल्याउन अनुरोध गरे ।
बजारको र अव्यवस्थित पाकिंङ समस्याको हल गर्नको लागि नगरपालिकाले ३ रोपनी जग्गा खोजीरहेको जानकारी दिए । पाकिंङ स्थल जग्गा धनी र नगरपालिकाको समन्यमा सञ्चालन हुने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, संस्थाको सदस्य सुदिप दकाल, कपडा व्यवसायी एशोसियसनका अध्यक्ष नविन नापित लगायतले भनाई राखेका थिए ।

LEAVE A REPLY