pkrf/sf nflu cfPsf] la/fdLsf] d[To' ePkl5 eQmk'/sf] u¶f3/l:yt gful/s ;fd'bflos c:ktfndf ePsf] tf]8kmf]8, kLl8t kIfn] u/]sf] tf]8kmf]8 kl5 c:ktfn tgfau|:t ag]sf] lyof] . tl:j/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर, असार ७ – उपचारको क्रममा आफन्तको ज्यान गएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तोडफोड भएको छ । तोडफोड गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमेश्वर नगरपालिका–५ घरभई काठमाडौं कलंकी बस्ने २१ वर्षका कृष्ण भुजेल र काभ्रे पाँचखाल–९ घरभई ललितपुर छुमाडोल–९ बस्ने ३८ वर्षका सिताराम कार्कीलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त थिमीका प्रहरी नायव उपरीक्षक श्याबबाबु ओलीयाले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान भइरहेको र तोडफोडमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती उपचारका लागि आएका विरामीको ज्यान गएको विषयलाई लिएर पीडित पक्षले अस्पताल तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।  दोलखा भीमेश्वर नगरपालिका–५ घरभई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा मंगलबार राति ज्यान गएको थियो ।

मृतकका आफन्तले घुम्न निस्किँदा सामान्य छाती दुखेर स्वास्थ्य परीक्षण गर्न आएको विरामीलाई गलत ईन्जेक्सन दिएका कारण ज्यान गएको आरोप लगाएका छन् ।  मृतकका श्रीमान् रामकृष्ण बस्नेतले भन्नुभयो ‘हिजो साँझ एकैछिन घुम्न जाऊँ भनेर गठ्ठाघर तिर घुम्न निस्किएका थियौँ, उनले छाती दुखेजस्तो भयो भने पछि एक पटक चेक गराऔं भनेर अस्पताल आएका थियौ, तर अस्पताल कै लापरवाहीका कारण उनको ज्यान गयो ।’  अस्पतालमा परीक्षण गर्दा सबै सामान्य नै भनेर ग्याष्ट्रिक भएर दुखेको भन्दै डाक्टरले ईन्जेक्सन मार्फत ग्याष्ट्रिकको औषधि दियौ भनेको केहीबेरमा नै उषाको ज्यान गएको उहाँले बताउनुभयो ।

लापरबाही गर्ने डाक्टर र अस्पताललाई कारबाही हुनुपर्ने पीडित पक्षले माग राखेका छन् । मंगलबार राती विरामीको ज्यान गए पनि आफन्तले शव बुझ्न मानेका छैनन् । पीडित पक्षका आफन्त भेला भए पछि बुधबार दिउँसो ११ बजे अस्पतालमा तोडफोड भएको थियो । अस्पतालले भने हृदयघातका कारण विरामीको ज्यान गएको दाबी गरेको छ । अस्पतालका निर्देशक सुरेश श्रेष्ठले भन्नुभयो ‘छाती दुख्यो भनेर आएको विरामीको उपचार कै क्रममा अचानक हृदयघात भयो, मुटुरोग विशेषज्ञसहित सात जना विशेषज्ञको टोलीले एकघण्टा लगाएर प्रयास गर्दा पनि बचाउन सकिएन ।’ अस्पतालको पक्षबाट कुनै लापरबाही नभएको दाबी गर्दै उहाँले अस्पतालको लापरबाहीले विरामीको ज्यान गएको प्रमाणित भए जस्तो सुकै कारबाही भोग्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘मृतक पक्षलाई यसबारे जानकारी गराएको भए पनि बुधबार ११ बजेतिर १०–१२ जनाको समूह आएर एक्कासी तोडफोडमा उत्रियो, डाक्टर, नर्सदेखि कर्मचारी समेतलाई हातपात गर्यो ।’ अस्पतालको ईमरजेन्सी, ओपिडि, नगद काउण्टर, नर्सिङ्ग स्टेशन, क्यान्टिनको सिसा तोडफोड गर्नुका साथै हाजिरी मेशिन, भिजिटर बेञ्च र कम्प्युटर तोडफोड गरेको अस्पतालका निर्देशक श्रेष्ठले बताउनुभयो ।  प्रहरीलाई मंगलबारदेखि नै सुरक्षाको व्यबस्था गरिदिन पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेका कारण अस्पतालमा धेरै क्षति भएको कर्मचारीको गुनासो छ । महानगरीय प्रहरी बृत्त थिमिको टोली नजिकै भए पनि समय मै सुरक्षा नदिएको र तोडफोड सकिएपछि प्रहरी आएको अस्पताल प्रशासनले बताएको छ । तोडफोड पछि भने अस्पतालको इमरजेन्सी वार्ड बन्द गराएर प्रहरीले सुरक्षा दिएको छ ।  – ujyaaloonline

LEAVE A REPLY