तस्बिर: रमेश तिमल्सिना

पोखरा, २० चैत्र । आज ६० औं राष्ट्रिय सहकारी दिवस दिगो विकासका लगाी सहकारी भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
विसं २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३५ हजार सहकारी संस्था छन् ।


रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय रहेको अधिकारीहरुले बताएका छन् । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।
यता कास्कीमा विभिन्न प्रकृतिका ६ सय भन्दा धेरै सहकारीहरु क्रियाशिल रहेका सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीले जनाएको छ ।
तर, एकै उद्देश्य बोकेका सहकारीहरु बिच एकताको प्रयास समेत थालनि भएको प्रति अभियान्ताहरुले खुसी व्यक्त गरेका छन् । सहकारीहरुमा हुने वेईमानी प्रति सचेत हुन सहकारीकर्मीहरुलाई आश्वान गरिएको छ ।

LEAVE A REPLY