पोखरा, २२ वैशाख । पोखरा महानगरपालिकासंगै जोडिएको गाउ“ शार्दीखोलामा गाउ“जनसरका गठन भएको छ । कास्की जिल्लाको शार्दीखोला गाविसमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित शार्दीखोला गाउ“ जनसरकार गठन भएको हो ।
खुशीमान परियार प्रमुख रहेको त्यस जनसरकारमा चित्रबहादुर गुरुङ उपप्रमुख रहेका छन् । जनसरकारका अन्य सदस्यहरुमा उमराज बास्तोला मनबहादुर तामाङ ईश्वर परियार, तेजबहादुर केसी पूर्णबहादुर परियार भीमबहादुर विक रहेका छन् ।

भेलामा नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्यूरो सदस्य एवं राष्ट्रिय युवा जनस्वयंसेवक गण्डक संयोजक सुजनले निकट आसन्न स्थानीय तहको चुनावले गरीब, मजदूर, किसान तथा उत्पीडित वर्ग लगायत सर्वहारावर्गका दैनिक जीवनयापनका समस्याहरु समाधान गर्ने बाटोमा खासै फरक नपार्ने भएकाले त्यस स्थानीय निर्वाचन खारेज गरिनुपर्ने अडान व्यक्त गरे ।  उनले पुरानो प्रतिक्रियावादी राज्यसत्ताले उत्पीडित तथा सर्वहारावर्गको हितमा काम गर्न नसकेकाले त्यस सत्ताको विरुद्धमा नया“ जनसरकार गठन गरिएको बताए ।
गाउ“ कमिटी सेक्रेटरी युवराज बा“स्तोलाले पनि बोलेका थिए ।

LEAVE A REPLY