बेंशीशशर, १७ भदौं  । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लमजुङले आजदेखि लमजुङ जिल्लामा दलाल संसदीय व्यवस्थाविरुद्ध एकीकृत जनजागरण तथा भण्डाफोर अभियान शुरु गरेको छ । उक्त अभियानको नेपाल कम्युनिष्ट पार्टी लमजुङका ईञ्चार्ज निरु थापाले लमजुङ जिल्लाको भोर्लेटार शहीदचोकस्थित शहीदस्मृति प्रतिक्षालयबाट अभियानको शुरुवात गरे ।
नेकपा लमजुङ ईञ्चार्ज थापाले जिल्लामा व्याप्त रहेको अन्याय, अत्याचार, भ्रष्टाचार, कालोबजारी नियन्त्रण गर्न आवश्यकता अनुसार पार्टीद्वारा गठित जनसत्ता, जनसेना र जनअदालतलाई सकृय गराइने जानकारी दिंदै अन्याय गर्ने, अत्याचारी, भ्रष्टाचारी र कालोबजारियालाई जुनसुकै प्रकारको कारवाही हुने चेतावनी दिए ।
नेकपा लमजुङ सेक्रेटरी सन्तोष कोइरालाले शहीदहरुको रगतको मूल्यलाई खेर जान नदिइने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक परे आफूहरु ज्यानको वलिानी दिन पछि नहट्ने वाचा गरे । उनले समय र परिस्थिति अनुरुप आवश्यकता अनुसार नेपाल कम्युनिष्ट पार्टीले सशस्त्र आन्दोलन गर्न पछि नहट्ने बताएका थिए ।
नेकपा मध्यनेपाल नगर संयोजक नारायण कुँबरको अध्यक्षतामा भएको सो कार्यक्रम नेकपा लमजुङ जिल्ला सदस्य कुमारले सञ्चालन गरेका थिए । सोही कार्यक्रममा चुनु–शिल्पा साँस्कृतिक परिवारले विभिन्न प्रकारका नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।

LEAVE A REPLY