पोखरा, २० चैत्र । पि.आर.आइ.पोखराले सञ्चालन गर्दै आएको विज्ञान बहस शृङ्खला कायर्बक्रम अन्तर्गतको चौंथो संस्करण सम्पन्न भएको छ । पृथ्वीनारायण क्याम्पसमा भएको उक्त कार्यक्रममा “ड्रग डिजाइनीङ्ग एण्ड सोलीड सर्पोटेड माइक्रो वेभ सिन्थेसिस” बिषयमा पृथ्वीनारायण क्याम्पस, रशायन शास्त्र विभागका प्राध्यापक डा.ए.डी मिश्रले प्रस्तुती राखेका थिए ।

प्रविधीको विकाससंगै औषधीको खोज तथा उत्पादन प्रक्रीया कसरी सहज र सरल भैरहेको छ भन्ने प्रसंगमा बहस केन्द्रीत भएको थियो । प्राध्यापक मिश्रले दृढ इच्छा शक्ती भए सानो लगानीमा स्थानीय स्तरमा पनि नयाँ औषधीको खोज अनुसन्धान गर्न सकिने बताए । प्राध्यापक डा.रामजीवन यादवले यस्ता बहस र छलफल ज्ञान विज्ञानको क्षेत्रमा नयाँ आयाम थप्न सहयोगी हुने बताए । संस्थाका संयोजक डा.कपिल अधीकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य कमल पौडेलले गरेका थिए ।

LEAVE A REPLY