पोखरा, ३ चैत्र l पि.आर.आइ. पोखराले विज्ञान बहस शृङ्खला कार्यक्रम अन्तर्गतको पाँचौ संस्करण सम्पन्न गरेको छ । पृथ्वीनारायण क्याम्पसमा भएको उक्त सम्पन्न कार्यक्रममा ‘ट्रेन्ड इन आर्टिफिसीएल नानो स्ट्रक्चर’ बिषयमा पृथ्वीनारायण क्याम्पस, भौतिक शास्त्रका प्राध्यापक डा.शोभाकान्त लामीछानेले प्रस्तुती राखेका थिए । वीपी कोइराला प्लानेटरीयम अबजरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देेशक समेत रहेका उनले नानो टेक्नोलोजि अर्थात सुक्ष्म प्रविधिको महत्व र आवश्यकता दर्साएका थिए । विश्व अर्थतन्त्रमा ठूलो योगदान रहेको यो प्रविधि क्रान्तिकै रुपमा अगाडी बढिरहेको उनले बताए । उर्जा, सञ्चार, जैविक प्रविधि र चिकित्सा क्षेत्रमा समेत प्रयोग भइरहेको यो प्रविधिको विकासक्रमका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका संयोजक डा.कपिल अधिकारीले खोज र अनुसन्धानमा लाग्न उमेरको सिमा नरहेको र आफुले प्राप्त गरेको ज्ञान र दक्षताको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए । संस्थाले शिक्षक र विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यही बैशाख १६ देखि १८ गतेसम्म कार्यशालाको आयोजना पनि गर्ने बताएको छ । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य कमल पौडेलले गरेका थिए ।

LEAVE A REPLY