गुल्मी, कात्तिक २६ l नेकपा एमाले सचिव एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रदिप ज्ञवालीले वाम एकता विरोधीहरुले एकता भाँड्न फर्जी हल्ला फिजाएको आरोप लगाउनुभएको छ ।

ज्ञवालीले आइतबार गुल्मीको चन्द्रकोट गाउँपालिकाको रुपाकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पहिलो चुनाव अगावै पार्टी एकीकरणको हल्ला फिजाएर वाम गठबन्धनलाई फुटाउन खोजेको बताउनुभयो । ज्ञवालीले भन्नुभयो ‘बजारमा केहि फर्जी हल्ला फिजाएर गठबन्धन टुट्छ की भन्ने आश जागेको होला यो गठबन्धन पार्टी एकीकरणसम्म पुग्नको लागि गरिएको हो ।’

चुनाव लगतै पार्टी एकता प्रक्रिया अघि बढ्ने भन्दै ज्ञवालीले भन्नुभयो ‘सैदान्तिक कुरा बहासबाट टुंगाइने छ ।’ पार्टी एकीकरण अगावै केन्द्रदेखि जिल्लासम्म एकीकरणको मापदण्ड बनाइने ज्ञवालीले बताउनुभयो ।

ज्ञवालीले आर्थिक सामाजिक हिसावले नागरिकको जीवनस्तर उठाई नागारिकले गौरव गर्ने अवस्था ल्याउनका लागि कम्युनिष्ट एकता हुन लागेको बताउनुभयो ।

  • unn.com.np

LEAVE A REPLY