पोखरा, २१ कात्तिक। नेपाली काँग्रेस क्षेत्र नं १ (ख) कास्कीले मङ्गलबारदेखि घरदैलो शुरु गरेको छ।

प्रतिनिधिसभा सदस्य यज्ञबहादुर थापा र प्रदेश सदस्य कृष्ण केसीले पोखरा लेखनाथ महानगरपालिका वडा नं १० बाट घरदैलो शुरु गरेको निर्वाचन परिचालन समितिका संयोजक सरस्वती गुरुङले जानकारी दिईन्।

घरदैलोका क्रममा नेताहरुले काँग्रेसको विकल्प नभएकोभन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेका थिए। घरदैलोमा नेतासँगै स्थानीय कार्यकर्ता सहभागि थिए।

LEAVE A REPLY