पोखरा,०३ बैशाख l चार नं प्रदेश उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ गाउँपालिकमा ईन्द्र धारा विष्टले स्वतन्त्र उमदवारी घोषण गरेका छन् ।
आईतबार पोखरामा पत्रकार सम्मेलन गदै आफुले लोमान्थाङ गाउँपालिकामा स्वतन्त्र उमेदावरीको घोषणा गरेको जानकारी दिए । स्वतन्त्र उम्मेद्वारीलाई भोट बिकास निर्माण र कालोपत्रे रोड भन्ने मुल नारा लिएर उनले उमेद्वारी घोषाण दिएका छन् । २०४७ सालदेखी समाज सेवामा सक्रिय भएतापनि विष्ट कुनैपनि राजनैतिक दल संग आवद्ध भएका छैनन् ।
विष्टले उपस्थित पत्रकार लाई सम्बोधन गदै आफुले जित्ने आधारहरु समेत प्रस्तुत गरेका छन् । विष्टले २०५४ सालको चुनाबमा स्वतन्त्र बाट उपाध्यक्षको पद हासील गरेका थिए भने उनले मुखीया बनेर केही समयसम्म आफ्नो कार्यकाल समेत चलाएका छन् ।
उनको घोषण पत्र सुनाउदै लोमान्थाङ गाउँपालिकामा पर्यटन बिकास गर्ने, स्थानिय स्रोत र साधनको प्रयोग र प्रवद्धन गर्ने, लोमान्थाङ गाउँपालिकाको बाटो बाहै महिना मोटर चलाउने वा बाटो संरक्षण गर्ने लगायतका कार्य गर्ने बताएका छन् ।
हिमाल पारी वा नेपालको सबैभन्दा धेरै उचाईमा रहेको लोमान्थाङ गाउँपालिकामा लगभग १२ हजार मात्र भोटर रहेका छन् । त्यसमध्य गाउँमा अहिले लगभग सात हजार मानिसहरु बसोबार गर्छन् । १५ वटा होटल भएको उक्त गाउँमा दैनिक १५० जना पर्यटक बस्ने क्षमाता रहेको छ । उनले गाँमा होमस्टे बिकास गरेर पर्यटन भित्राउने सम्भान रहेको छ ।
अहिलेसम्म लोमान्थाङ गाउँपालिकामा अहिलेसम्म कुनैपनि उमेदावारी उमेदावरीको घोषण गरेका छैनन् । उनले आफ्नो उपाध्यक्षको कार्यकालमा एतिहासीक गा. बि.स बनाएको समेत दाबि गरेका छन् ।

LEAVE A REPLY