लोडसेडिङको बिरोधमा स्थानीयको प्रदर्शन, प्रहरीसँगको झडपमा १५ घाइते

१७ साउन, बुटवल । दैनिक ६ घण्टा लोडसेडिङ गराएको भन्दै स्थानीय बिरोधमा उत्रिएपछि रुपन्देहीको मंगलापुर क्षेत्र तनावग्रस्त बनेको छ ।लोडसेडिङको बिरोधमा मंगलापुरका जनताले बुटवल(भैरहवा सडक खण्ड बन्द गराएपछि खुलाउन पुगेको प्रहरीसँग झडप भएको थियो ।

झडपमा ४ प्रहरी र १५ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले सवारीसाधन तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्नुका साथै अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले बताए । अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

@onlinekhabar.com

LEAVE A REPLY