पोखरा, २८ कात्तिक।  नेपाली काग्रेस कास्की क्षेत्र नं १ को साविक लेखनाथ वडा नं १ हाल पोखरा लेखनाथ २९ भण्ढारढिकमा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन भएको छ । कार्यालयको उद्घाटन गर्दै नेपाल सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्री तथा कास्की क्षेत्र नं.१का प्रतिनिधि सभा सदस्य उमेदवार यज्ञ वहादुर थापाले समृद्धि र लोकतन्त्रको रक्षाका लागि नेपाली काग्रेसको जित अपरिहार्य भएको बताए । नेपाली कांग्रेसको भावी योजना नेपालको समृद्धि भएको चर्चा गर्दै समुन्नत नेपाल निर्माणका लागि काग्रेसको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका हुन् ।। त्यस्तै गरी कास्की क्षेत्र नं. १ क प्रदेश सभाका उमेदवार नेपाली कांग्रेस केन्द्रिय सदस्य जीवन परियारले २०७० को निर्वाचनमा संविधान जारी गर्ने वाचा पूरा गरी फेरि कास्की क्षेत्र नं. १ को समग्र विकासका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरे । क्षेत्र नं. १ का समस्याको समाधान गर्न आफु लागि पर्ने कुरा गर्दै पोखरा विश्वविद्यालयमा मेडिकल कलेज सन्चालन गर्न, पोखरा र लेखनाथ क्षेत्रका सडक मापदण्ड समान कायम गराउन पहल गर्ने सुकुम्बासी समस्याको समधानका लागि पहल गर्ने जस्ता सामाजिक कार्य गर्ने प्रतिवद्धता व्यक्र गरे । समानुपातिक उमेदवार चन्द्रावती पौडेल, रामबाबु भण्डारी लगाएतले आ–आफ्नो धारणा राखेका थिए । वडा नं. २९ नेपाली कांग्रेस सभापति दिलपकमणी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन गगन पुनले गरेका थिए

 

LEAVE A REPLY