पोखरा, १८ चैत्र l कास्कीको पोखरामा रहेको बिग एफ एमले आयोजना गरेको सातौं संस्करणको बिगआइकनको उपाधि लेखनाथका सुवास गुरुङले जितेका छन् । चितवन पटिहानीका सागर आले फ्रस्ट रनरअप र पोखरा संगमटोलकी प्रिया गुरुङ सेकेण्ड रनरअप भए ।

५४ जिल्लाका ११ सय ५२ प्रतिस्पर्धीमध्येबाट छानिएर तीन जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा भिडेका थिए । तीन जनाबाट विजेताको छनौट भोट मार्फत गरिएको हो । करिब २ महिनाको अन्तरालमा भएको २२ भन्दा बढि विभिन्न राउण्ड पार गर्दै उनले उपाधि जिते ।

उनलाई साझा पार्टीका संयोजक, विग एफएमका अध्यक्ष महेश भण्डारी लगाएतले पुरस्कार वितरण गरे । आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गरेका छन् । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरे ।

LEAVE A REPLY