पोखरा, २७ चैत्र । लियो क्लव अफ चौतारी पोखराको अध्यक्षमा लियो विक्रम थापा निर्वाचित भएका छन् । चैत्र २५ गते पोखरामा सम्पन्न निर्वाचनले थापाको नेतृत्वमावर्ष २०१७/१८ का लागि नयाँ कार्यसमिति गठन गरेको छ जस अनुसार प्रथम उपाध्यक्षमा लियो प्रदिपपौडेल, सचिवमालियो बिशालअधिकारी र कोषाध्यक्षमा लियो सुवास ढकाल निर्वाचित भएका छन् । क्लवका अध्यक्ष लियो हरिहर पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन रामथापा, लियो जिल्ला परिषद् ३२५ बी १ नेपालरिजन ३ काको–अर्डिनेटर लियो बिष्णु तिमिल्सिना, क्लवकापूर्व अध्यक्षहरु लियो बिक्रमथापा, लियो सुरेन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रको संचालन सचिव लियो प्रदिप पौडेलले गरेका थिए ।

LEAVE A REPLY