फाईल तस्विर

पोखरा १०, वैशाख । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २८ साविक माझठाना ५ मा अच्मारा आमा समूहद्वारा संचालित लिफ्टिङ खानेपानी आयोजना संचालमा आएको छ ।

स्थानीयको आर्थिक सहयोग र जनस्रमदान गरी ६ लाख खर्चमा तीन सय मिटर उचाइमा लिफ्टिङद्वारा खानेपानी पु¥याइएको हो । जसबाट २५ घरधुरीका १५० जना लावान्वित हुनुको साथै कृषि योजनाहरूपनि संचालनमा ल्याउन सकिने स्थानीय व्यक्ति दुधराज तिवारीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं. २८ का सचिव सोभाखर ढकालले आमा समूहबाट यति राम्रो काम गरेको भन्दै निकै प्रशंसा गर्दै यस्ता काम अरू ठाउँहरूमा पनि गर्ने सकिने बताए ।
अच्मारा आमा समूहका अध्यक्ष खिमादेवी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका विकास गुरुङ, खेम गुरुङ, एमालेका निर्मल दियाली, विष्णु तिवारी र माओवादीका भोजराज भुर्तेल र तेतकृष्ण भुर्तेल लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन आमा समूहकी सचिव लक्ष्मी जिशीले गर्नु भएको थियो ।

LEAVE A REPLY