पोखरा,२० चैत l लायन्स क्लव अफ पोखरा पिस सोसाईटीको आयोजना तथा हिमालय आंखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा स्याङ्गजाकोकरेनडांडा स्वाश्थ्य चौकी मा निशुल्क आंखा शिविर सम्पन्न गरेको छ। उक्त शिविरमा करेनडांडा आसपासका करिव ३५७ जनाले आंखा परिक्षण गराएका थिए । उक्त कार्यक्रममा १२ जनामा मोतिया विन्दुफेलापरेकोर ५ जनाले तुरुन्तै मोतियाविन्दुको उपचार गराएका थिए । प्रमुख अतिथि स्वाश्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष दशरथ शर्मा अर्याल ले पोखरा देखी आएर गाउंवासीलाई सेवादिएकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि लायन्स क्लव ले अझ सहयोग तथा सेवा प्रदान गर्नेछ बिश्वास ब्यक्त गरे।
पिस सोसाईटीका अध्यक्ष होम विलास सापकोटाको अध्यक्षतामा सम्पन्नउक्त कार्यक्रममा नि. अध्यक्ष रुद्रबहादुर कार्की,संयोजक प्रेम कुमार क्षेत्री,प्राविधिक भोजराज गौतम,स्वाथ्य चौकी प्रमुख तिर्थराज अर्याल ले आ–आफ्नो मन्तब्य राखेका थिए भनेसचिव कुश राज तिमिल्सिनालेकार्यक्र म संचालन गरेका थिए।

LEAVE A REPLY