पोखरा, ११ भदौ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले तराई क्षेत्रका बाढी प्रभावितहरुलाई राहत वितरणमा तिब्रता दिएको छ । डिष्ट्रिक्टले बाढी प्रभावित करिब १ हजार परिवारलाई राहत वितरण गरेको डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिए । ‘४० लाख रुपैयाँ बराबरको जस्ता पाता वितरण गरिसकिएको छ,’ उनले भने, ‘जस्ता बाहेक थुप्रै खाद्यान्न र लत्ताकपडा पनि वितरण भएको छ ।’
यसैक्रममा बर्दियास्थित गुलरिया नगरपालिकाका २ ठाउँमा ६५ परिवारलाई शनिबार राहत वितरण गरिएको छ । प्रति परिवार २ बण्डलका दरले १ सय ३० बण्डल जस्ता पाता वितरण गरिएको राहत वितरणमा सहभागी डिष्ट्रिक्टका सिनियर एम्बेसडर अफ गभर्नर मोहनबाबु खड्काले जानकारी दिए । डिष्ट्रिक्ट ३२५ बि २ का गभर्नर मधुसुधन शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बि २ सँग सहकार्य गरी राहत वितरण गरिएको ण्जोन चिरपर्सन डोलराज पोखरेलले जानकारी दिए ।
यस अगाडि रसुवा, कास्कीको रिवान, धादिङ, फिस्लिङ, नवलपरासीको सुस्ता र मध्यविन्दु लगायतका ठाउँका बाढी पीडितलाई जस्ता पाता वितरण गरिसकिएको क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले जानकारी दिए । तत्कालका लागि राहत सामग्री धेरैले वितरण गरेकाले पुनस्र्थापनामा सहयोग गर्ने लक्ष्यले जस्ता पाता वितरणमा जोेड दिइएको गभर्नर आचार्यले बताए । ‘सामाजिक भावनाका साथमा राहत वितरणमा जोड दिएका छौं,’ उनले भने, ‘बाढी गएपछि धेरै नेपालीको घरवास गुमेकाले पुनस्र्थापनामा सबैले साथ दिनुपर्छ ।’

LEAVE A REPLY