पोखरा, १७ चैत । लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी १ अन्तरगत रही भैरब भगवानको नामले २०१० डिसेम्बर २७ मा भैरब मन्दिरको प्राङ्गणमा स्थापित लायन्स क्लव अफ पोखरा भैरबको २०१७–२०१८ को अध्यक्षमा ला.विनोद द्वा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन कार्यक्रममा पोखरा भैरबका सदस्यहरु र डिष्ट्रिक ३२५ बी १ का उच्च पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न निर्वाचन कार्यक्रममा निर्वाचत उपसमितिका संयोजक पूर्व अध्यक्ष ला.बुद्ध बहादुर उदास ताम्राकार र सदस्यमा जोन चियरपर्सन एवम् संस्थापक अध्यक्ष ला.सुरेन्द्र विजुच्छे, डिष्ट्रिक ३२५ बी १ का कल्चर कमिटी को–चियरपर्सन सम्मर बहादुर श्रेष्ठ सदस्य रहेको उक्त निर्वाचन समितिले प्रथम उपायक्षमा ला.जगन्नाथ तिमिल्सिना, द्वितीय उपाध्यक्षमा ला.श्रीकृष्ण कतिला, तृतीय उपाध्यक्षमा ला.आनन्द किशोर बाटाजु, सचिवमा ला.बिक्रम उदास, कोषाध्यक्षमा ला.रमेश बाटाजु, सहसचिवमा ला.राजु बहादुर कोइराला, सहकोषाध्यक्षमा ला.मानव गौचन निर्वाचित भएका थिए ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचनमण्डल र पूर्व अध्यक्षहरुले टिका, खादा लगाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको उक्त कार्यक्रममा लायन्सको नीति अनुसार खेलकुद, अन्तर्राष्ट्रिय सम्पर्क, वातावरण, टेलटुइस्टर, स्वास्थ्य शिक्षा, संस्कृति, अर्थ संकलन निर्देशक समेत चयन गरिएको उक्त कार्यक्रममा जोन चियरपर्सन ला.सुरेन्द्रमान विजुक्छे, कल्चर कमिटी को–चियरपर्सन सम्मर बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष ला.नरेन्द्र कुमार श्रेष्ठ, ला.सञ्जय कुमार श्रेष्ठ लगायका वक्ताहरुले कर्यकालको सफलताको कामना गर्नुहुँदै असहाय, गरिब र सहरमा भन्दा गाउँमा विशेष सहयोग गर्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा उपस्थित सबैलाई प्रथम उपाध्यक्ष ला.हरिभक्त पौडेलले स्वागत गरेको कार्यक्रम लायन्स क्लव अफ पोखरा भैरब २०१६।०१७ का अध्यक्ष ला.गौतम विजुक्छेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सचिव ला.श्रीकृष्ण कतिलाले गर्नुभएको थियो ।

LEAVE A REPLY