पोखरा, १५ भदौ । लायन्स क्लव अफ पोखरा पिस हिमालयन सिटीले कास्कीको लाहाचोक १ स्थित सुदिन प्राविलाई दुईवटा पक्की कक्षा कोठा बनाएर हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रिजन चियरपर्सन ला.विनोद ढुङ्गानाले कक्षाकोठाको ताला चावी स्कूल व्यवस्थापन समितिका अध्यक्ष शान्ति रानाभाटलाई हस्तान्तरण गर्नुभयो ।

रिच फर नेपालका सदस्य ला.शिव थापाको संयोजकत्वमा सम्पन्न उक्त भवन निर्माणको लागि रिच फर नेपालले आर्थिक सहायता उपलब्ध गराएको थियो । अभिभावक, शिक्षक तथा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्ति रानाभाट, प्रअ बद्री अधिकारी, क्लवका संस्थापक अध्यक्ष ला.टेकनारायण पौडेल, जोन चियरपर्सन भेषराज पोख्रेल, क्लवका सदस्य लक्ष्मण बराल तथा ला.माधव प्रसाद बरालले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

क्लवका अध्यक्ष अनन्त पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ला.ई.भोजराज बरालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन क्लवका सचिव बुद्धिमान शर्माले गर्नुभएको थियो ।

LEAVE A REPLY