पोखरा,१५ कात्तिक । लागु पदार्थ दुव्र्यसनि विरुद्धको महाअभियान अन्र्तगत मंगलबार पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ इकाई समितिले जनचेतना कार्यक्रम गरेको छ ।

वडा अध्यक्ष रामराज लामिछाने, जिल्ला सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज होत राज रोकाय, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, वडा स्तरिय महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङ लगाएत आमा समुह, टोल विकास संस्थाको सहभागिता रहेको थियो।

सो अवसरमा वडाका पार्वती टोल, शुभकामना टोल, चोर साँघु, कृष्ण टोल, गणतान्त्रिक टोल, वसपार्क, पुथ्वीचोक हुँदै नयाँ वजारमा समापन गरिएको थियो ।

लागु पदार्थ दुव्यसनी विरुद्धको महाअभियान वडा स्तरिय समितिका संयोजक लेखुराम खतीको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY